महोत्तरीको बर्दिबासमा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरू
जलेश्वर । सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीको सहभागितामा महोत्तरीको बर्दिबासमा ‘सङ्घीयतामा पूर्वाधार विकासको महत्त्व, सम्भावना र चुनौती तथा अन्तरप्रदेशीय एकता र भिन्नता’ विषयक दुईदिने कार्यक्रम आजदेखि सुरू भएको छ ।
मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा सुरू भएको यस कार्यक्रममा सातवटै प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले आ–आफ्ना प्रदेशका विकासका अभ्यासहरू, सम्भावना र चुनौतीहरू साटासाट गर्नाका साथै एक प्रदेशले अर्को प्रदेशलाई के–कसरी सहयोग गर्न सकिने भन्ने विषयहरूमा छलफल भइरहेको छ ।
सरकारका भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, मधेस प्रदेशका सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह र भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका छन् । सातवटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवहरूसमेत उपस्थित भएर आ–आफ्ना प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालित योजना तथा कार्यक्रमहरूको दस्तावेज प्रस्तुत गरेका छन् ।
विभिन्न प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्रीहरूले यस कार्यक्रमले सातवटै प्रदेश सरकारलाई एकापसमा जोड्ने काम गरेको, प्रदेश सरकारलाई बलियो बनाउने प्रयास गरेको तथा एकापसमा भए गरेका कामहरूको अनुभव, चुनौती तथा सम्भावनाहरूलाई साटासाट गरेर आउँदा दिनमा थप प्रभावकारी रूपमा काम गर्ने वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण