मन्त्रिपरिषद् बैठक
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
सोमबार, १५ वैशाख २०८२, २० : २९

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सोमबार साँझ बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौँमा २६ दिनदेखि जारी शिक्षक आन्दोलनका माग सम्बोधनबारे सरकारले कुनै निर्णय गरेको छैन । गभर्नर नियुक्तिमा गठबन्धन दल कांग्रेस र एमालेबिच विवाद उत्पन्न भएको थियो ।
यद्यपि शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच सहमति भएको बुझिएको छ । यस्तै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकको नियुक्तिबारे निर्णय हुनसक्ने सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म