भारतले बन्द गर्यो कश्मिरका आधाभन्दा धेरै पर्यटकीय स्थल
श्रीनगर । भारतले कश्मिरको आधाभन्दा धेरै पर्यटकीय स्थल बन्द गरेको छ । मंगलबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।
गत हप्ता पहलगाममा पर्यटकको हत्या भएपछि सरकारले त्यहाँ सुरक्षा व्यवस्था कडा पारेको छ । यसै अन्तर्गत सुरक्षा व्यवस्थाको समीक्षा गर्न राज्यका ८७ मध्ये ४८ वटा पर्यटकीय स्थल बन्द गरिएको हो । गएको मंगलबार आक्रमणकारीहरूले पहलगाममा घुम्न आउने पर्यटकको नाम र धर्म सोध्दै हिन्दु धर्म भएकाहरूको टाउकोमा गोली हानेका थिए ।
यस घटनामा एक जना नेपाली समेत २६ जनाको मृत्यु भएको थियो । भारतले तीन मध्ये दुई जना आक्रमणकारीलाई पाकिस्तानबाट आएका आतंकवादीको रूपमा पहिचान गरेको छ ।
तर पाकिस्तानले भने आफ्नो संलग्नता अस्वीकार गर्दै तटस्थ रूपमा छानबिन सुरु गर्न आग्रह गरेको छ । आक्रमणयता भारत र पाकिस्तानबिच तनाव बढेको छ ।
भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि खारेज गरेको छ भने पाकिस्तानले पनि भारतीय विमान सेवा प्रदायकका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण