३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
मङ्गलबार, १६ वैशाख २०८२, १५ : ५६
काठमाडौँ । भारतबाट सामान ल्याउँदा भन्सार छलीमा सहजीकरण गरीदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) खिम बहादुर खड्काविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी खड्काले ३० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।
उनलाई घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो । खड्काविरुद्ध अख्तियारले ३० हजार रुपैयाँ बिगो र चार महिनासम्म कैद सजायको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण