राजनीतिक दलहरू खत्तम भन्ने भाष्य निर्दलीयहरूको धन्दा हो: उपमहासचिव बस्नेत
हेटौँडा । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले निर्दलीय व्यवस्थाका पक्षधरहरूले राजनीतिक दलहरू खत्तम भन्ने भाष्य स्थापित गर्ने कोसिस गरिरहेको बताएका छन् । ‘दलहरूका विकल्प हुन्छन्, निर्विकल्प छैनन्’ यसैले सबै गलत भन्ने भाष्यबाट मुलुकलाई बचाएर लैजानुपर्ने नेता बस्नेत बताए ।
मंगलबार हेटौँडाको बस्तीपुरमा आयोजित नेपाल शैक्षिक स्वयंसेवी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले सरकारका पछिल्ला काम कारवाही नागरिक मैत्री नभएको टिप्पणी गरे । उनले सरकार बिचौलियाहरूको हितमा निर्भर रहेको दाबी गरे । सरकारबाट एमालेले फाइदा लिने कि कांग्रेसले लिने भन्ने गलत किसिमको होडबाजी चलिरहेको बस्नेतको भनाइ छ ।
‘राजनीतिक दल र लोकतन्त्र आपसमा अन्तर सम्बन्धित छन् । दलहरू कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यसैले पनि यसबाट सचेत हुँदै दलभित्रका कमजोरीलाई सुधारमा अघि बढ्न जरुरी छ,’ उनले भने ।
सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खेलकुद महासंघका फ्याक्सन इन्चार्ज दीपक कोइरालाले शैक्षिक स्वयंसेवीहरूले आफूलाई समाजवादी सेनाको रूपमा विकास गर्नुपर्ने बताए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले विचारविहीन युवा भनेको लगाम बिनाको घोडा जस्तै हुने बताए । उनले युवाहरूलाई सही विचार र दृष्टिकोणयुक्त बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
सम्मेलनले केशव महर्जनको अध्यक्षतामा २७ सदस्यीय समिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा बबिता कटुवाल, किरण गिरी, टेकबहादुर थापा, महासचिवमा भीमराज खड्का, सचिवमा सिता नेपाली, शिवकुमार त्वत, बिकेन्द्र महर्जन, उपेन्द्र घिमिरे, ईश्वर लामिछाने, भूमिका मगर, कोषाध्यक्षमा दामोदर बस्नेत लगायत सदस्यहरू चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण