३६ लाख ठगी आरोपमा ठमेलको दोहोरी साँझबाट पूर्व हवल्दार पक्राउ
काठमाडौँ । यार्सागुम्बा व्यापारमा लगानी गर्ने बहानामा ठगी गर्ने पूर्व प्रहरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोटको नलगाड–७ दल्ली घर भएका ४१ वर्षीय दिपेन्द्र सिंह छन् ।
उनी नेपाल प्रहरीका पूर्व हवल्दार हुन् । सामाजिक सञ्जालबाट चिनजान भएका एकजनासँग यार्सागुम्बा किनबेच गर्ने व्यवसायमा लगानी गर्ने नाममा उनले ३६ लाख लिएर फरार भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीले रातोपाटीलाई बताए ।
सोमबार उनी ठमेल स्थित दोहोरी साँझबाट पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख बराबरको बैंकिङ्ग कसुरको जाहेरी दर्ता भएको भेटिएको छ ।
बाँकेमा पनि प्रहरीमा भर्ना गराउँछु भनेर उनले १० लाख ठगेको जोहरी दर्ता भएको भेटिएको छ ।
सेनामा भर्ती गराउँछु भनेर ४ लाख लिएको आरोपमा एकजना पीडितले इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको अपराध रेकर्ड सिस्टममा फेला परेको एसपी जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण