बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
आईपीएल

कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?

मङ्गलबार, १६ वैशाख २०८२, २१ : ३९
मङ्गलबार, १६ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औँ खेलमा प्लेअफमा पुग्न संघर्षरत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्ससामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो ।मंगलबारको खेलमा कोलकाताले उत्कृष्ट सुरुवात गरेको थियो । रहमानुल्लाह गुरबाज र सुनिल नरेनले तीव्र गतिमा रन बनाए । 

गुरबाजले मात्र १२ बलमा २६ रन जोडे । उनले ५ चौका र १ छक्का प्रहार गरे । नरेनले १६ बलमा २७ रन बनाउँदै २ चौका र २ छक्का हिर्काए ।टोलीका लागि अंगकृष रघुवंशीले सर्वाधिक ४४ रनको योगादन दिए । उनले ३२ बलको सामना गर्दै ३ चौका २ छक्का प्रहार गरे ।

त्यस्तै, रिंकु सिंहले २५ बलमा ३६ रन जोडे । उनले ३ चौका १ छक्का प्रहार गरे । कप्तान अजिंक्या रहानेले १४ बलमा ४ चौका र १ छक्काको मद्दतले २६ रन बनाए । 

खेलको अन्त्यतिर रनआउट हुनअघि आन्द्रे रसलले ९ बलमा १७ रन बनाए । उनले २ चौका र १ छक्का हिर्काए । कोलकाताले अन्तिम ओभर ३ विकेट गुमाएको थियो ।

दिल्लीका लागि मिचेल स्टार्कले ४ ओभर बलिङ गर्दै ४३ रन खर्चेर ३ विकेट लिए । उनले अन्तिम ओभरमा २ विकेट लिए । विपराज निगम र अक्षर पटेलले २–२ विकेट लिए भने दुस्मान्था चमिराले १ विकेट हात पारे ।

कोलकाताले दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा पछिल्लो आठ वर्षदेखि एक खेल पनि जित्न सकेको छैन । पछिल्लोपटक टोलीले सन् २०१७ मा यो स्टेडियममा जित हात पारेको थियो । त्यसयता यो स्टेडियममा खेलिएका ३ वटा खेलामा दिल्लीले कोलकातालाई हराएको छ ।

दिल्ली ९ खेलबाट १२ अंक बटुल्दै चौथो स्थानमा विराजमान छ । कोलकाताको भने ९ खेलबाट ७ अंक छ । टोली सातौँ स्थानमा सीमित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप