प्रतिक्रिया
आफूहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
बुधबार, १७ वैशाख २०८२, ०० : २२
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन भए पनि नेपाल शिक्षक महासंघले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएको छ ।
मंगलबार रातिसम्म शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रिपरिषदबाट हल गर्न सकिने बुँदाहरूबारे छलफल भएको यसबारे निर्णय लिन बुधबार मन्त्रिपरिषद् बैठक बस्ने जवाफ सरकारले दिएको वार्तामा सहभागी महासघका अध्यक्ष एवं आन्दोलन परिचालन संयोजक लक्ष्मीकिशोर सुवेदीले बताए ।
अबको मन्त्रिपरिषद् बैठकले शिक्षकको मागबारे सकारात्मक निर्णय लिनेमा महासंघ विश्वस्त रहेको सुवेदीको भनाइ छ । यस्तै, उनले आन्दोलन कायमै रहने कक्षा १२ को परीक्षाबारे आफूहरू गम्भीर रहेको बताएका छन् ।
वार्ताका दौरान शिक्षामन्त्री रघुजी पन्तले साझा मिलनबिन्दु खोजेर सहमतिको प्रयास गरिने बताएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण