प्रतिक्रिया
आफूहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
बुधबार, १७ वैशाख २०८२, ०० : २२

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्षविहीन भए पनि नेपाल शिक्षक महासंघले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएको छ ।
मंगलबार रातिसम्म शिक्षा मन्त्रालयमा भएको वार्तामा मन्त्रिपरिषदबाट हल गर्न सकिने बुँदाहरूबारे छलफल भएको यसबारे निर्णय लिन बुधबार मन्त्रिपरिषद् बैठक बस्ने जवाफ सरकारले दिएको वार्तामा सहभागी महासघका अध्यक्ष एवं आन्दोलन परिचालन संयोजक लक्ष्मीकिशोर सुवेदीले बताए ।
अबको मन्त्रिपरिषद् बैठकले शिक्षकको मागबारे सकारात्मक निर्णय लिनेमा महासंघ विश्वस्त रहेको सुवेदीको भनाइ छ । यस्तै, उनले आन्दोलन कायमै रहने कक्षा १२ को परीक्षाबारे आफूहरू गम्भीर रहेको बताएका छन् ।
वार्ताका दौरान शिक्षामन्त्री रघुजी पन्तले साझा मिलनबिन्दु खोजेर सहमतिको प्रयास गरिने बताएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?
-
असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने
-
अछाममा चट्याङ लाग्दा महिला घाइते, बाख्रा मरे
-
जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान, तस्बिरहरू
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?
-
अनधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी