युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
सोल । युक्रेनविरुद्ध रुसी लडाईंमा उत्तर कोरियाली सेना रुसको तर्फबाट लडिरहेको भनेर उत्तर कोरियाली नेता किम जोङ्ग उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वीकारोक्ति गरिसकेका छन् । यस्तोमा दक्षिण कोरियाले अब ठुलो दाबी गरेको छ ।
दक्षिण कोरियाको गुप्तचर निकायले युक्रेनी सेना विरुद्ध रुससँग मिलेर लड्दा ४ हजार ७०० भन्दा बढी उत्तर कोरियाली सैनिक मारिएको बताएको छ । गुप्तचर निकायले सांसदहरूलाई यो जानकारी दिएको हो ।
दुई दिनअघि उत्तर कोरियाले कुस्र्क क्षेत्रका केही भागहरू पुनः कब्जा गर्न रुसलाई मद्दत गर्न लडाकु सेना पठाएको बताएको थियो । दक्षिण कोरियाको गुप्तचर निकाय (एनआईएस) सँगको संसदीय समितिको बन्द कोठामा भएको बैठकमा भाग लिएका सांसद ली सियोङ–क्वेनले उत्तर कोरियाले ४ हजार ७०० सेनाले ज्यान गुमाएको बताए । यी मध्ये ६०० जनाको मृत्यु रुस–युक्रेन युद्ध मोर्चामा भएको भनिएको छ ।
जनवरी र मार्चको बिचमा दुई हजार घाइते उत्तर कोरियाली सैनिकहरूलाई हवाई वा रेलबाट उत्तर कोरिया फिर्ता पठाइएको जानकारी एनआईएसले दिएको उनले भनेका छन् । मृतक उत्तर कोरियाली सैनिकहरूलाई रुसमा गाडिएको अनि उनीहरूको अवशेष घर फिर्ता पठाइएको सांसदले बताए ।
युक्रेन युद्धमा सघाउने उत्तर कोरियाले १५ हजार जवानलाई रुस पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण