फोटोफिचर
सोती घटनामा संलग्नलाई सफाइ दिने न्यायाधीशलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)
बुधबार, १७ वैशाख २०८२, १४ : २२

काठमाडौँ । रुकुमको सोती घटनामा दलित युवक नवराज विक लगायतको हत्या अभियोगमा संलग्नलाई सफाइ दिने उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई तत्काल बर्खास्त गरी कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ ।
माइतीघर मण्डलामा ‘दलितका लागि दलित अभियान नेपाल’को आयोजनामा विरोध प्रदर्शन भएको हो । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरे पनि जातीय विभेद र छुवाछूतको कसुरमा जिल्ला अदालत रुकुम पश्चिमले दिएको आदेशलाई उच्चले बदर गरेको थियो । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
-
नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक