वैदेशिक रोजगार विभागको महानिर्देशकमा भट्टराई
बुधबार, १७ वैशाख २०८२, १४ : ४१
काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा कमल प्रसाद भट्टराई जाने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको रूपमा कार्यरत भट्टराईलाई विभागको महानिर्देशकमा पठाएको हो।
श्रम मन्त्रालयले सुर्यबहादुर खत्रीको सरुवा गरेर मन्त्रालयमा फिर्ता बोलाएको थियो । उनको ठाउँमा सहसचिव जीवलाल भुसाललाई विभाग पठाएको थियो । तर, एक महिना पुग्न लाग्दा समेत भुसाल जान नमानेपछि मन्त्रालयले भट्टराईलाई पठाउने निर्णय गरेको हो।
भुसालले मन्त्रालयभन्दा बाहिर नजाने अडान लिएका थिए। त्यसपछि सरूवा भएको एक महिना पुग्न लाग्दा समेत उनी जान मानेका थिएनन्। उनी जान नमानेपछि श्रम मन्त्रालयले श्रमजन्य विभागका महानिर्देशक भट्टराईलाई पठाएको हो।
श्रमजन्य विभागमा भने श्रम मन्त्रालयका सहसचिव चक्रपाणी पाण्डेलाई पठाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण