विदेश पठाइदिन नसकेपछि पैसा लिने एजेन्टको अपहरण, नाबालकसहित चार जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले अपहरणमा संलग्न रहेको आरोप चार जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा जान रकम दिएको तर काम नभएपछि रकम लिएर फरार रहेका एजेन्टलाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । मिश्रका अनुसार ती चारै जनाले परेका एजेन्टलाई भारतमा लुकेको अवस्थाबाट नेपाल ल्याएका थिए ।
ठगिएका ती चारै जनाले वैशाख १४ गते कैलैया उपमहानगरपालिका–१८ घर भएका एजेन्ट सुधीर साह कानुलाई नेपाल ल्याएर स्थानीय एक होटलमा र पछि घरमा बन्धक बनाएर राखेका थिए । 'नेपाल ल्याएर प्रहरीको जिम्मा लगाउनुको साटो उनीहरूले एक स्थानीय होटल र पछि घरमा बन्धक बनाएर राखेका रहेछन्,' प्रहरी प्रमुख मिश्रले भने, 'एक नाबालकसहित चार जनालाई पक्राउ गरिएको छ ।' यद्यपि उनले घटनाबारे सूक्ष्म ढंगले अनुसन्धान भइरहेको भन्दै ती चारै जनाको नाम भने खुलाउन चाहेनन् ।
मंगलबार राति विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरू चारै जनालाई पक्राउ गरेको हो ।
कानु केही दिनदेखि बेपत्ता भएका थिए । उनको परिवारले प्रहरीसमक्ष खोजीका लागि निवेदन दिएको थियो । त्यही उजुरीका आधारमा खोजी गर्दै जाँदा प्रहरीले वीरगञ्जको ब्रह्मचोकबाट उनीहरूसहित कानुलाई नियन्त्रणमा लिएको जनाएको छ । अपहरणमा संलग्नहरू पर्सा जिल्लानिवासी रहेका बुझिएको छ ।
कानुलाई रकम बुझाएको र फिर्ता गर्न नगसकेको भन्दै रिसको झोकमा अपरहण गरेको उनीहरूले प्रहरीसमझ बयान दिएका छन् । उनीहरूलाई पर्सा जिल्ला अदालतबाट १६ गतेदेखि लागु हुनेगरी पाँच दिनको म्याद भएको र बाँकी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण