पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान
काठमाडौँ । वानीरा फाउन्डेसनले तीन जनालाई वानीरा पुरस्कार प्रदान गरेको छ । फाउन्डेसनकी अध्यक्ष इन्दिरा प्रसाईँले काठमाडौँमा स्थापित वानीरा सभागृहमा बुधबार एक समारोहबिच प्राध्यापक रामकुमार पाँडे, शशि शाह र कृष्ण बाउसेलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपाली भाषा साहित्यको सिर्जनामा साढे ६ दशकअघिदेखि निरन्तर साधनारत एवं नेपालको उच्चशिक्षामा खेलेका भूमिकाका लागि प्राध्यापक पाँडेलाई २०८१ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिएको थियो ।
त्यस्तै समारोहमा प्रसाईँले ‘चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाए बापत’ शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिन् । यी दुवै पुरस्कारको राशि जनही एक/एक लाख रुपैयाँ रहेको छ ।
सोही समारोहमा इन्दिरा प्रसाईँले ‘कविता सिर्जनाका माध्यमबाट नेपाली भाषा साहित्यको संवर्द्धनमा समर्पित रही उल्लेख्य योगदान दिए बापत’ कवि कृष्ण बाउसेलाई पचास हजार रुपैयाँ राशि सहित ‘वानीरा पुरस्कार’ प्रदान गरिन् ।
समारोहमा पुरस्कृत व्यक्तित्वहरूबाट डा.वानीरा गिरिकृत कविता सङ्ग्रह ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’को नयाँ संस्करणको लोकार्पण समेत गरिएको थियो ।यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष इन्दिरा प्रसाईँबाट माल्यार्पण गरिएको थियो ।
वानीरा फाउन्डेसनका अध्यक्ष प्रसाईँको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरू प्रा.रामकुमार पाँडे, शशि शाह, कृष्ण बाउसे तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईँबाट वानीरा गिरिबारे आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण