मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

बिहीबार, १८ वैशाख २०८२, ०८ : ०६
बिहीबार, १८ वैशाख २०८२

सुनसरी । सुनसरीबाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानको संयुक्त सुरक्षा फौजले गाँजासहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो । 

धरान उप महानगरपालिका–१३  निशाने डाँडा स्थित कोशी लोकमार्गमा  भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शङ्का लागि चेकजाँच गर्दा उक्त परिणामको गाँजा र  ना ७ ख २८१ लेखिएको   नम्बर प्लेट फेला परेको थियो । ट्रकको ड्राइभर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउँदै गरेको गाँजासहितको  ट्रक, चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ वर्षका  मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको हो । 

नियन्त्रणमा लिइएकाहरूलाई गाँजा र ट्रकसहित  आवश्यक कारबाहीको लागि बुधवार राति  जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

यस अघि बुधवार बिहान मात्रै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेश  धनकुटाले ४ सय २१ किलो गाँजा सहितको कार नियन्त्रणमा लिएको थियो ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप