सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
सुनसरी । सुनसरीबाट सशस्त्र प्रहरी बलले ७ सय ८३ किलोग्राम गाँजा सहितको ट्रक र २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा वेश धरानको संयुक्त सुरक्षा फौजले गाँजासहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो ।
धरान उप महानगरपालिका–१३ निशाने डाँडा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको ट्रकलाई शङ्का लागि चेकजाँच गर्दा उक्त परिणामको गाँजा र ना ७ ख २८१ लेखिएको नम्बर प्लेट फेला परेको थियो । ट्रकको ड्राइभर सिटमाथि बक्सा बनाएर २२ वटा पोकामा लुकाइ छिपाइ ल्याउँदै गरेको गाँजासहितको ट्रक, चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बस्ने ३१ वर्षका मनोज परियार र सहचालक धनकुटा जिल्ला सिदुवा नगरपालिका–६ बस्ने १८ वर्षका आकाश राईलाई समेत नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकाहरूलाई गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि बुधवार राति जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यस अघि बुधवार बिहान मात्रै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन वेश धनकुटाले ४ सय २१ किलो गाँजा सहितको कार नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण