विश्व मजदुर दिवस : न्यून ज्यालामा काम गर्न बाध्य इट्टा भट्टाका मजदुर (तस्बिरहरू)
काठमाडौँ । मनकुमारी बुढा उमेरले ३७ वर्ष लागिन् । आज भन्दा ८ वर्ष अगाडि रोल्पाबाट काठमाडौँ पसेकी उनी राम्रो कमाई हुने काम नपाएपछि ७ वर्षदेखि धुनिबेशीको एक इट्टा भट्टामा काम गर्दै छिन् ।
एघार वर्ष अगाडि श्रीमानले अर्की श्रीमती ल्याएपछि घर धान्ने जिम्मेवारी उनको काँधमा आयो । दैनिक जीविकोपार्जनका लागि पनि उनी र उनको छोरीले इट्टा भट्टामा इट्टा बोक्ने काम गर्न थाले । एक पटकमा ४० देखि ४५ वटासम्म इट्टा बोक्ने उनीहरूको कमाई कति पटक इट्टा बोक्यो भन्ने कुराले निर्धारण गर्ने गर्दछ । जति पटक इट्टा बोक्यो त्यति पटक कागजमा छाप लगाउने र पछि हिसाब गरी दैनिक कमाई निर्धारण गर्ने गरिन्छ । कहिले काँही शारीरिक अस्वस्थताका कारण काम गर्न सकिदैन, त्यो दिन त कमाई नै हुँदैन् ।
इट्टा भट्टामा काम उनीहरू त एउटा उदाहरण मात्र हुन्, चरम बाल श्रमको प्रयोग गरिने इट्टा भट्टामा ११, १२ वर्षका बालकहरू खच्चर धपाउने काम गर्ने गर्दछन् । धुलो धुवाँमा न्यून ज्यालामा काम गर्ने उनीहरुले श्रम शोषण भोग्न बाध्य छन् ।
नेपालगन्जबाट आएर इट्टा भट्टामा खच्चर धपाउँछन् ११ वर्षीय राजु, १२ वर्षीय गोलु । उनीहरूको काम काँचो इट्टा बोक्ने खच्चर धपाउने हो । एक पटक काँचो इट्टा बोकेको खच्चर धपाए बापत ३ रुपैयाँ कमाइ हुने भएकाले जति धेरै काम गर्न सक्यो त्यति नै राम्रो कमाई हुन्छ ।
धुलो धुवाँ, शारीरिक रूपमा धेरै बल लगाउन पर्ने काम भएकाले इट्टा भट्टामा बाल श्रमको प्रयोग गर्न नहुने भएता पनि घरको गरिबी, शैक्षिक अवस्था लगायताको विभिन्न कारणले बालबालिकाहरु इट्टा भट्टामा काम गर्न बाध्य छन् ।
न्यून ज्यालामा दैनिक मजदुरी गर्ने उनीहरूलाई सरकारको सामाजिक सुरक्षा कोष जस्ता कल्याणकारी कोषहरूले समेट्न सकेको छैन । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_6Cozlz6Gtl.jpg)
_VvQ7H2IC02.jpg)
_GT02Z7qzDD.jpg)
_oih3rnvzu4.jpg)
_9mKcOGjNBn.jpg)
_XbJ2i5JIC9.jpg)
_CSYOhHze36.jpg)
_rmR54Ub81Z.jpg)
_qcAvJOupbM.jpg)
_NEcHcNbt5U.jpg)
_qlPcbXvLfv.jpg)
_Hdos4Ri5Tt.jpg)
_Lc4gbCpcKq.jpg)
_wgfR3YOvhu.jpg)
_K0Ugl4t9CJ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण