समाजवादी ट्रेड युनियन महासंघको अध्यक्षमा दाहाल
काठमाडौँ । समाजवादी ट्रेड युनियन महासंघ नेपालको अध्यक्षमा पुनः नवराज दाहाल चयन भएका छन् । राजधानीमा बुधबारदेखि सुरु भएर बिहीबार सम्पन्न महाधिवेशनबाट उनको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
बुधबार अध्यक्ष र कोषाध्यक्षसहितको केन्द्रीय कमिटी चयन गरिएकोमा बिहीबार पदाधिकारीसमेत घोषणा गरिएको दाहालले जानकारी दिए ।
उनका अनुसार महासंघको सहअध्यक्षमा मीन बहादुर गोले, वरिष्ठ उपाध्यक्षमा दान बहादुर लामा, प्रथम उपाध्यक्षमा पासाङ दोर्जे मुक्तान, महिला उपाध्यक्षमा सरस्वती गोले, प्रवक्तामा शिव प्रसाद पन्त चयन भएका छन् ।
यसैगरी महासचिवमा सन्तोष कुमार श्रेष्ठ, उपमहासचिवमा दलबहादुर विष्ट, सचिवालय सचिमा मनोज कुमार श्रेष्ठ, कोषाध्यक्षमा सुनिता मल्ल बुढाथोकी र सहकोषाध्यक्षमा भगवती रायमाझी चयन भएका छन् ।
यस्तै महाधिवेशनबाट सदस्यहरु पनि चयन गरिएको छ भने केही पदमा चाहिँ टुंगो लगाउन बाँकी छ । यस्तै महाधिवेशनबाट १५ जनाको सल्लाहकार कमिटी पनि चयन गरिएको छ ।

यसअघि बुधबारको उद्घाटन समारोहमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिम्खडाले सबै क्षेत्रका मजदुर एकजुट हुन आवश्यक रहेको उल्लेख गरे ।
सरकारले मजदूरहरुलाई सहुलियत रुपमा रासन कार्ड उपलब्ध गराउनुपर्ने माग उनले गरे। उनले २०८२ साल तलब बढाउने वर्ष भएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिक मासिक रु ३० हजार बनाउन आवश्यक भएको र यसमा सबैको साथ जरुरी भएको बताए ।
यस्तै अध्यक्ष दाहालले सबै क्षेत्रका मजदुर एकजुट हुन आवश्यक रहेकाले मजदुरका माग र अधिकारको रक्षाका लागि सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठलगायतका सरोकारवालाले श्रमिकहरुको महत्व तथा हक र अधिकारबारे चर्चा गरेका थिए ।
सो अवसरमा सञ्चारकर्मीहरूलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुने सञ्चारकर्मीहरुमा, रातोपाटीकर्मी राजकुमार सिग्देल, राससका कमलकुमार बस्नेत, न्यूज २४ का नवराज चालिसे, अन्नपूर्ण पोष्ट दैनिकका राधा खनाल, कान्तिपुर टेलिभिजनका सुमन पन्थ र मेगा टेलिभिजनका कृष्णनन्द भट्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण