प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ : हितेन्द्रदेव शाक्य
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण अझै ५ अर्ब २६ करोड नोक्सानीमा रहेको दाबी गरेका छन् । शुक्रवार प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले यस्तो दाबी गरेका हुन् ।
उनले आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको बताए । शाक्यले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको पनि उल्लेख गरे ।
उनले महालेखाको प्रतिवेदनका आधारमा लेखिएको दाबी गरे । उनले आयकर ऐनको प्रावधान अनुसार थप हासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको दाबी गरे । उनले नोक्सानीमा नै भएकाले प्राधिकरणले नाफा गरेर आयकर तिर्नु परेको बताए ।
उनले सुरुमा अग्रिम आयकर तिरेर त्यस वापत लिनु पर्ने रकम कायमै रहेको पनि जानकारी गरे । उनले महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार ७ अर्ब १९ करोड खर्च नलेखिएको र ४ अर्ब ७२ करोड बढी लेखाङकन गरेको र २९.९१ करोड आम्दानीमा नबाँधेको देखिएको बताए । उनले यो नाफा कायम राख्दा विभिन्न प्रश्न उब्जन सक्ने बताए ।
उनले भने,‘ महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार ७ अर्ब १९ करोड खर्च नलेखिएको र ४ अर्ब ७२ करोड बढी लेखाङकन गरेको । २९.९१ करोड आम्दानी नबाँधेको देखिन्छ । यो नाफालाई कामय राख्न विवाद जन्माउन सक्छ । त्यसैले श्वेतपत्रमा उल्लेख गरेका छौं । प्राधिकरणको वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षहरूको विस्तृत मूल्यांकन लगायत सम्पत्ति तथा दायित्वको यथार्थ अवस्था सुनिश्चित गर्नका लागि डिडिएको प्रक्रिया अगाडि बढाइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण