फास्ट ट्र्याक निर्माण सम्बन्धमा प्रतिनिधिसभामा ध्यानाकर्षण पत्र दर्ता
काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले राष्ट्रिय गौरवको योजना काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को निर्माणमा भएको ढिलाइबारे प्रतिनिधिसभामा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ७२ बमोजिम सार्वजनिक महत्वको विषयमाथि रक्षामन्त्रीको ध्यानाकर्षण गर्न यो पत्र दर्ता गरिएको हो ।
२०७४ सालमा शिलान्यास गरेर सुरु गरिएको राष्ट्रिय गौरवको योजना (काठमाडौँ तराई मधेस द्रुतमार्ग (फास्टट्रयाक)अहिले सम्म पनि सम्पन्न हुन नसक्नु नसक्दा राज्यलाई आर्थिक भार थपिँदै गएको सो पत्रमा उल्लेख छ ।
'सुरुवाती चरणदेखि नै प्रस्थानबिन्दुको विषयमा लिएर सरकार पक्ष, निर्माण पक्ष र स्थानीयहरू विवाद हुँदै आइरहेको छ। पटकपटक आन्दोलन र झडप समेत भएको इतिहास छ। राष्ट्रिय गौरवको योजना भनिएता पनि सरकारले स्थानीय आदिवासी, जनजातिहरूसँग समन्वय र सहकार्य गरेर यो परियोजनालाई टुङ्गो लाउन नसकेको स्थिति जगजाहेर छ', पत्रमा भनिएको छ ।
पत्रमा भनिएको छ– 'मिति २०८१ कार्तिक २१ गते रक्षा मन्त्रालयले राखेको छलफलमा यो परियोजनाको प्रस्थान विन्दुका लागि विकल्पहरु खोजी गरी ती विकल्पहरूको विस्तृत योजना समेत प्रस्तुत गरिएको थियो जसमा हामी सोही क्षेत्रका संघीय सांसद तथा जनप्रतिनिधिहरूले पनि धारणा राखेका थियौँ। यथाशीग्र प्रस्थान विन्दुको निर्णय गरी सोही अनुरूप कार्य गर्ने भनी सहमति पनि भएको थियो तर सो सम्बन्धमा रक्षा मन्त्रालयले अहिले के गरिरहेको छ ? कुन स्थानलाई प्रस्थान विन्दु राख्ने निर्णय भयो र यो परियोजना म्याद भित्रै सम्पन्न गर्नको लागि रक्षा मन्त्रालयले कसरी योजना बनाएको छ भन्ने बारे मन्त्रालयबाट जानकारी चाहन्छु।'
डा. तोसिमा कार्की प्रस्तावक रहेको यस पत्रमा उदय शमशेर राणा, माधव सापकोटा, निशा डागीलयागत समर्थक रहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण