कक्षा १२ परीक्षा
तीनकुने घटनामा संलग्न दिनेश महतोसहित ६ जनाले हिरासतबाटै १२ को परीक्षा दिँदै
आइतबार, २१ वैशाख २०८२, १२ : ३४

काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका एक जना किशोरसहित ६ जनाले प्रहरी हिरासतबाट परीक्षा दिइरहेका छन् । १९ वर्षीय दिनेश महतोसहित ६ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
बानेश्वरस्थित लिभरपुलमा अध्ययनरत महतो चैत १५ मा भएको प्रदर्शनमा भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका थिए । मातहतका प्रहरी वृतमा रहेका थुनुवाहरूलाई पनि भद्रकालीस्थित परिसरमा ल्याएर परीक्षामा सहभागी गराएको एसपी बोहराले जानकारी दिए ।
परीक्षामा दिनेहरूमा सिराहा घर भएका दिनेश महतो, सिन्धुपाल्चोक घर भएका दावा शेर्पा, स्याङ्जा घर भएका सौगातकुमार बिक, धादिङ घर भएका सरोज थापा, नुवाकोट घर भएका सिमन घले र भारतीय नागरिक अमन साकिन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल