अमेरिकामा घरमाथि प्लेन खस्यो
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको सिमी भ्यालीमा एउटा सानो प्लेन दुईवटा घरमा खसेको छ । यस दुर्घटनामा विमानमा सवार दुई जना मानिस र एक घर पालुवा कुकरको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको हो ।
यो दुर्घटना स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजेर १० मिनेटमा भएको प्रहरीले जानकारी दिएको छ । घरमा विमान खस्ने बित्तिकै आगलागी भएको थियो ।
दुर्घटनाको समयमा मानिसहरू घरमा नै भए पनि उनीहरूलाई सुरक्षित उद्धार गरिएको थियो । भेन्चुरा काउन्टी फायर डिपार्टमेन्टका अनुसार तत्कालै आगोलाई नियन्त्रणमा लिइएको थियो ।
सिमी भ्याली प्रहरीका अनुसार विमानमा सवार कोही पनि जीवित रहेनन् । फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार चार सिट भएको सिंगल इन्जिन विमान ल्यांकेस्टरको विलियम जे फक्स एरफिल्डबाट कामारिलो विमानस्थलका लागि उडेको थियो । घटनाबारे अनुसन्धान भइरहेको एफएएले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण