नीति तथा कार्यक्रमको प्रक्रियामै माओवादीकाे असन्तुष्टि
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नीति तथा कार्यक्रमको प्रक्रियामै असन्तुष्टि जनाएको छ । सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमको प्रक्रियामै असन्तुष्टि / आपत्ति जनाएका हुन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले आफूले नीति तथा कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरूको मतलाई नीति तथा कार्यक्रममा समावेश गर्ने गरी अध्यादेशमार्फत व्यवस्था गरे पनि अहिलेको सरकारले त्यसलाई फेरि पछाडि धकेलेको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, ‘मैले तीन महिना अघि नै बजेट क्यालेन्डर बनाएको थिएँ, मलाई थाहा छैन, त्यो निर्णय किन खारेज गर्यो ?’
नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवको आयोजनाको नामै नलिएको त्यसको सट्टामा भ्यूटावर र पानी जहाजका योजना राखिएकोमा उनले आपत्ति जनाए ।
आफ्नो सरकारले अघिल्लो वर्ष ल्याएका नीति तथा कार्यक्रमलाई समावेश नगरेकोमा असन्तुष्टि जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपालन, दलित एवं महिना तथा विदेशबाट फिर्ता भएकाको लागि रिटर्नी रोजगार लगायत कार्यक्रम हटाएकोप्रति प्रश्न उठाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण