बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

शेखरले फेरि भने – सरकार सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक छैन

सोमबार, २२ वैशाख २०८२, १७ : १०
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार सञ्चालनका लागि दुई दलीय संयन्त्र आवश्यक नरहेको बताएका छन् । 

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै डा.कोइरालाले सरकार सञ्चालनका लागि संयन्त्र बनाउनु परे सरकारभित्रैका मन्त्रीहरूलाई समेटेर बनाउन सुझाए । 

‘सरकार सञ्चालनका लागि दुई दलीय सम्यन्त्र आवश्यक छैन,’ डा. कोइरालाले भने, ‘संयन्त्र बनाउने भए सरकारभित्रैबाट मन्त्रीहरूलाई समेटेर बनाउँदा हुन्छ ।’

डा.कोइरालाले सरकार गठनका बेला भएको सात बुदे सहमति कार्यान्वयनमा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार चुकेको पनि बताए । 

डा. कोइरालाले भने, ‘सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायम लगायतमा सरकार चुकेको छ ।’ 

संविधान संशोधनमा सरोकारवालाको राय लिएर संविधानको पुनरावलोकन गर्नुपर्ने डा. कोइरालाले बताए । उनले एमाले–कांग्रेसको दुई तिहाइ संख्याले संविधान संशोधन गर्न नहुने बताए ।  

उनले आफूमाथि वर्तमान सरकार ढाल्न लाग्यो भन्ने आरोप सत्य नभएको समेत बताए । कोइरालाले केही दिन अघि नवलपरासीमा आयोजित कार्यक्रममा पनि दुई दलीय संयन्त्र आवश्यक नभएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप