१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ
काठमाडौँ । १ करोड ५० लाख रकम बराबरको जरिवाना भएको मुद्दाका फरार प्रतिवादी मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर ३० बस्ने ४७ वर्षिय अमित अग्रवाल रहेका छन् ।
अग्रवाललाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले बताए ।
उनका अनुसार काठमाडौँ जिल्ला अदालतले बैङ्किङ कसुर मुद्दामा दोषी ठहर गरेपछि उनी फरार भएका थिए । पक्राउ परेका अग्रवाललाई फैसला कार्यान्वयनको लागी काठमाडौँ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
अदालतले अग्रवाललाई २०८० जेठ २२ गते बैङ्किङ कसुर मुद्दामा एक करोड पचास लाख जरिवाना गरेकाे थियो । त्यस्तै २०८० असार २१ गते चेक अनादर मुद्दामा तीन हजार जरिवाना गिरयाे भने २०८० फागुन २४ गते चेक अनादर मुद्दामा चार हजार जरिवाना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण