भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको बाराबंकीमा प्रहरीको गोली लागेर एक नेपाली युवक घाइते भएका छन् ।
सोमबार राति प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिन गोली चलाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यस क्रममा तिलक थापा उर्फ टीलु पहाडी नाम गरेका नेपाली नागरिक घाइते भएको बताइएको छ । उनको खुट्टामा गोली लागेको जनाइएको छ ।
स्वाट र थाना देवाको संयुक्त टोलीले तीन जनालाई नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नेपाली नागरिक थापा भने भारतमा चोरी गरिएका मोटरसाइकललाई नेपालमा बेच्ने काम गर्दै आएको जनाइएको छ । उनको ठेगाना भने खुलाइएको छैन ।
रेंदुआ पल्हरी मोडमा संदिग्ध व्यक्तिहरूबारे सूचना पाएपछि खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार उनीहरूलाई रोक्न प्रयास गरेको तर उनीहरू भाग्न खोजेपछि गोली चलाइएको समाचारमा उल्लेख छ । सोही क्रममा घाइते भएका थापालाई उपचारका लागि अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ ।
प्रहरीले थापाका साथ अन्य दुई भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मो. साजिद अन्सारी र मो. खुर्शीद रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ (तस्बिरहरू)
-
अपरेसन सिन्दूर : चर्चामा रहेका मसूद अजहर र नेपाल ‘कनेक्सन’
-
नेसपाद्वारा काश्मीरमाथि भारतले चलाएको ‘अपरेसन सिन्दूर’ को समर्थन
-
कचनकवल–सोलु जागरण अभियानबाट माओवादीले दिन खोजेको सन्देश के हो ?
-
रेशम चौधरीलाई किन पक्राउ गरियो ? गृहमन्त्रीले दिए जवाफ
-
तीनकुने घटना : रास्वपा सांसद परियारको गाडीमा आगजनी आरोपमा सेनाका पूर्व हवल्दार पक्राउ