लागूऔषध सहित पोखराबाट २ जना पक्राउ
मङ्गलबार, २३ वैशाख २०८२, २० : ०१

पोखरा । पोखराबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१३ मा लागूऔषध कारोबार भैरहेको गोप्य सूचना पाएपछि छापा मार्दा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा धुलाबी घर भइ पोखरा ८ जाल्पारोड बस्ने २४ वर्षका सुवास राजवंशी र पोखरा ९ पृथ्वीचोक बस्ने ३५ वर्षका लक्ष्मण गुरुङ छन् । उनीहरुको साथबाट सिरिन्ज सहित लागू औषध बरामद भएको छ ।
वुप्रि नर्फिन ९ एम्पुल, डाईजपाम ९ एम्पुल र फेनरागन ९ एम्पुल गरी २७ एम्पुल बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । उनीहरुबाट २९ हजार ५ सय रुपैयाँ नगद पनि बरामद भएको छ ।
दुवैजनालाई लागू औषध मुद्दामा ७ दिन म्याद थपेर अनुसन्धान भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रमाथि लगाइयो अर्को अभियोग
-
मध्यपश्चिम विश्वविद्यालयले नियमावलीविपरीत गरेको विज्ञापन स्थगन
-
रवीन्द्रले इजलासमा भने– राज्यले मेरो निधारमा तेस्रो कालो टीका लगाइदियो
-
लेखा समितिको निर्देशनका कारण आईपीओ रोकिएका यी हुन् १२ कम्पनी (सूचीसहित)
-
भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता
-
सरकारसँग बहुमत भएकाले ऐन कानून बनाउने उपयुक्त समय : एनपी साउँद