लागूऔषध सहित पोखराबाट २ जना पक्राउ
मङ्गलबार, २३ वैशाख २०८२, २० : ०१
पोखरा । पोखराबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१३ मा लागूऔषध कारोबार भैरहेको गोप्य सूचना पाएपछि छापा मार्दा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा धुलाबी घर भइ पोखरा ८ जाल्पारोड बस्ने २४ वर्षका सुवास राजवंशी र पोखरा ९ पृथ्वीचोक बस्ने ३५ वर्षका लक्ष्मण गुरुङ छन् । उनीहरुको साथबाट सिरिन्ज सहित लागू औषध बरामद भएको छ ।
वुप्रि नर्फिन ९ एम्पुल, डाईजपाम ९ एम्पुल र फेनरागन ९ एम्पुल गरी २७ एम्पुल बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । उनीहरुबाट २९ हजार ५ सय रुपैयाँ नगद पनि बरामद भएको छ ।
दुवैजनालाई लागू औषध मुद्दामा ७ दिन म्याद थपेर अनुसन्धान भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण