‘मितज्यू’ मा स्मिता अनुबन्धित
बुधबार, २४ वैशाख २०८२, १५ : ५९
काठमाडौँ । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’ मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन् । लामिछानेले ‘१२ सत्ताइस’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् ।
लामिछाने निर्माता पनि हुन् । उनको अभिनय रहेको फिल्म ‘आँखा’ गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । उनको मुख्य भूमिका रहेको अर्को फिल्म ‘म राजेश हमाल’ प्रदर्शनको पर्खाइमा छ ।
गत वर्षको सुपरहिट फिल्म ‘घरज्वाइँ’ टिमले बनाउन लागेको ‘मितज्यू’ को छायाङ्कन आगामी मंसिरबाट सुरु हुनेछ । ‘मितज्यू’ को मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई र तेरिया फौजा मगर अनुबन्धित भइसकेका छन् । लामिछानेको जोडी दयाहाङ हुन् वा अन्य अहिले बताइएको छैन ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने फिल्म आगामी चैत २७ गते नेपाली नयाँ वर्ष पारेर प्रदर्शन हुने घोषणा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण