‘मितज्यू’ मा स्मिता अनुबन्धित
बुधबार, २४ वैशाख २०८२, १५ : ५९

काठमाडौँ । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘मितज्यू’ मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छन् । लामिछानेले ‘१२ सत्ताइस’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् ।
लामिछाने निर्माता पनि हुन् । उनको अभिनय रहेको फिल्म ‘आँखा’ गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । उनको मुख्य भूमिका रहेको अर्को फिल्म ‘म राजेश हमाल’ प्रदर्शनको पर्खाइमा छ ।
गत वर्षको सुपरहिट फिल्म ‘घरज्वाइँ’ टिमले बनाउन लागेको ‘मितज्यू’ को छायाङ्कन आगामी मंसिरबाट सुरु हुनेछ । ‘मितज्यू’ को मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई र तेरिया फौजा मगर अनुबन्धित भइसकेका छन् । लामिछानेको जोडी दयाहाङ हुन् वा अन्य अहिले बताइएको छैन ।
जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने फिल्म आगामी चैत २७ गते नेपाली नयाँ वर्ष पारेर प्रदर्शन हुने घोषणा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म