नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ। बुधबार नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेर आईपीओ निष्कासन सम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।
आईपीओ निष्कासन स्वीकृति दिनुअघि कमिसन मागेको आरोप निजी ऊर्जा उत्पादकहरूले लगाएपछि अख्तियारले बोर्डमा छापा हानेको हो । अख्तियारले बोर्डमा छापा हानेको नेपाल धितोपत्र बोर्ड उच्च स्रोतले पुष्टि गर्यो ।
बिहान ११ बजे अख्तियारका तीन जना अनुसन्धान अधिकृतहरु बोर्डमा पुगेका थिए । उनीहरुले साँझ ४ बजेसम्म बोर्डका उच्चस्तरका कर्मचारीहरुसँग सोधपुछ गरेको श्रोतले बतायो ।
टोलीले विभिन्न कागजात समेत लिएर गएको बताइएको छ ।
धितोपत्र बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले बोर्डमा अख्तियारको टोली आएको पुष्टि गरे । तर, महत्वपूर्ण कागजात भने लिएर नगएको बताए ।
‘उहाँहरू आउनु भएको थियो । बजारमा हल्ला चलेपछि आईपीओ स्वीकृत गर्ने प्रक्रिया के रहेछ भनेर बुझ्नुभएको हो । सामान्य बाहेक अरू कागजात लिएर गएको होइन,’न्यौपानेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण