सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार

बिहीबार, २५ वैशाख २०८२, १० : ५१
बिहीबार, २५ वैशाख २०८२

मुस्ताङ । थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार भएको छ । पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले रु २२ लाख ५० हजार खर्चेर गुम्बा जीर्णोद्धार गराएका हुन् ।

गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ ।

गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था भएको छ । गुम्बा जीर्णोद्धारसँगै शौचालयलागयत अत्यावश्यक संरचना पनि निर्माण भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप