राजश्व छलीमा तीन करोड असुली गर्न माग गर्दै मुद्दा दर्ता
बुटवल । राजस्व छलीको आरोपमा बुटवलको एउटा फर्मविरुद्ध ३ करोड रुपैयाँभन्दा बढी असुल उपरको मागदाबीसहित मुद्दा दर्ता भएको छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसार बुटवल–७ राधाकृष्ण पथस्थित भाञ्जा स्टोर्स एण्ड हाउसका प्रोप्राइटर बरकत अलि मियाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा बिहीबार मुद्दा दर्ता भएको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार सो फर्मका नाममा मालवस्तु पैठारी तथा खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालबस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगरेको पाइएको छ ।
त्यस्तै पेस गरेको मूल्य अभिवृद्धि कर विवरणभन्दा अधिक मौज्दात पसल तथा गोदामबाट फेला पर्नु, मौज्दात किताबभन्दा बढी फेला परेको मालवस्तु चोरी पैठारी गरी ल्याएर बिक्री गरेको तथा कारोबार छल्न न्यून बिक्री देखाई भन्सार महसुल, भ्याट तथा आयकर नबुझाई राजस्व चुहावट गरेको भन्दै मुद्दा दायर गरिएको छ ।
भन्सार चोरी पैठारीतर्फ ७५ लाख ९३ हजार ५५७, भ्याट २३ लाख २७ हजार ४५९ र आयकरतर्फ ५६ लाख ४५ हजार २६५ गरी १ करोड ५५ लाख ६६ हजार २८१ बिगो कायम गरिएको छ ।
सो बिगो र बिगोको शतप्रतिशत जरिवाना रकमसहित ३ करोड ११ लाख ३२ हजार ५६२ रुपैयाँ असुल उपर गर्न तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ (संशोधन सहित) को ऐनबमोजिम जरिवाना र कैदको मागदाबीसहित मुदा दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण