सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ २ देखि ४ गतेसम्म हुन गइरहेको सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । नेपालले क्लाइमेट चेन्ज, माउन्टेन्स एन्ड द फ्युचर अफ ह्युमनिटी विषयमा सगरमाथा संवाद गर्न लागेको हो । उक्त संवादको व्यापक प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयले मातहतका निकायहरूलाई निर्देशन जारी गरेको हो ।
मन्त्रालयले आफू मातहतका १६ वटा निकायलाई परिपत्र गर्दै सगरमाथा संवाद कार्यक्रमको व्यापक प्रचार प्रसारका लागि लेटर हेडको दायाँ भागमा सगरमाथा संवादको लागो अनिवार्य प्रयोग गर्न भनेको हो । त्यस्तै सगरमाथा संवादको वेबसाइट लिङ्क गर्न समेत भनेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सगरमाथा संवादको सचिवालयले सबै निकायलाई परिपत्र गर्दै सगरमाथा संवाद कार्यक्रमको व्यापक प्रचार प्रसारकमा लागि सबै सकारी निकायबाट हुने प्रचारमा लेटर हेडको दायाँ भागमा सचिवालयबाट उपलब्ध गराइएको सगरमाथा संवादको लोगो अनिवार्य प्रयोग गर्न तीनै तहका सरकारहरूमा अनुरोध गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सबै सरकारी निकायका वेबसाइटहरू सगरमाथा संवादका वेबसाइट लिङ्क गर्न समेत अनुरोध गर्ने निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयले मातहतका निकायलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेवारिसे सवारी साधन हटाउँदै वीरगञ्ज महानगर
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै