सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ २ देखि ४ गतेसम्म हुन गइरहेको सगरमाथा संवादको व्यापक प्रचार प्रसार गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । नेपालले क्लाइमेट चेन्ज, माउन्टेन्स एन्ड द फ्युचर अफ ह्युमनिटी विषयमा सगरमाथा संवाद गर्न लागेको हो । उक्त संवादको व्यापक प्रचार प्रसार गर्न शिक्षा मन्त्रालयले मातहतका निकायहरूलाई निर्देशन जारी गरेको हो ।
मन्त्रालयले आफू मातहतका १६ वटा निकायलाई परिपत्र गर्दै सगरमाथा संवाद कार्यक्रमको व्यापक प्रचार प्रसारका लागि लेटर हेडको दायाँ भागमा सगरमाथा संवादको लागो अनिवार्य प्रयोग गर्न भनेको हो । त्यस्तै सगरमाथा संवादको वेबसाइट लिङ्क गर्न समेत भनेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सगरमाथा संवादको सचिवालयले सबै निकायलाई परिपत्र गर्दै सगरमाथा संवाद कार्यक्रमको व्यापक प्रचार प्रसारकमा लागि सबै सकारी निकायबाट हुने प्रचारमा लेटर हेडको दायाँ भागमा सचिवालयबाट उपलब्ध गराइएको सगरमाथा संवादको लोगो अनिवार्य प्रयोग गर्न तीनै तहका सरकारहरूमा अनुरोध गर्ने निर्णय गरेको थियो ।
त्यस्तै सबै सरकारी निकायका वेबसाइटहरू सगरमाथा संवादका वेबसाइट लिङ्क गर्न समेत अनुरोध गर्ने निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयले मातहतका निकायलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण