भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
आइतबार, २८ वैशाख २०८२, १४ : ४०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी विधेयक बजेट अधिवेशनबाट पारित गरिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नको जवाफ दिँदा आफूले उठाएका प्रश्नको जवाफ नआएको भन्दै पुनः सोधेका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने बताएका हुन् ।
‘भूमिसम्बन्धी समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश जारी नै गरेका थियौँ । त्यो अध्यादेश संसद्मा दर्ता पनि गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो अध्यादेश अहिले संसद्मा होल्डमा राखेका छौँ । अब नियमित तरिकाबाट विधेयक ल्याएर पारित गरेर भूमि सम्बन्धी समस्या समाधान गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु