भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो

नयाँ दिल्ली । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार सबै बन्द विमानस्थलहरू खोलिएका छन् । मे ७ मा भारत–पाकिस्तान तनावका बिचमा यी विमानस्थलहरू मे १५ बिहान ५ : २९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए ।
नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल नागरिक विमान सञ्चालनका लागि उपलब्ध हुने भारतीय विमानस्थल प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
विज्ञप्तिमा यात्रुहरूलाई यी विमानस्थलहरूमा उडानहरूको लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ ।
इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्सममा यसबारे जानकारी दिएको छ । कम्पनीले ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानहरूका लागि खोलिएको लेखेको छ ।
सेवाहरू सामान्य हुन केही समय लाग्न सक्ने कम्पनीले विज्ञप्तिमा बताएको छ । यस्तो अवस्थामा एयरलाइन्सले यात्रुहरूलाई केही अतिरिक्त समयसहित एयरपोर्ट पुग्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
ऋतिकदेखि आमिरले अस्वीकार गरेको त्यो फिल्म जसले सैफलाई राष्ट्रिय पुरस्कार दिलायो
-
आर्थिक अपराध अनुसन्धान गर्न सीआईबीमा छुट्टै महाशाखा