भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो
नयाँ दिल्ली । भारत–पाकिस्तान युद्धविरामपछि सोमबार सबै बन्द विमानस्थलहरू खोलिएका छन् । मे ७ मा भारत–पाकिस्तान तनावका बिचमा यी विमानस्थलहरू मे १५ बिहान ५ : २९ बजेसम्म अस्थायी रूपमा बन्द गरिएका थिए ।
नागरिक विमान सञ्चालनका लागि बन्द गरिएका ३२ विमानस्थलहरू अब तत्काल नागरिक विमान सञ्चालनका लागि उपलब्ध हुने भारतीय विमानस्थल प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
विज्ञप्तिमा यात्रुहरूलाई यी विमानस्थलहरूमा उडानहरूको लागि पहिले सम्बन्धित एयरलाइन्सबाट जानकारी लिन र नियमित अपडेटको लागि सम्बन्धित एयरलाइन्सको वेबसाइटमा जान सल्लाह दिइएको छ ।
इन्डिगो एयरलाइन्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्सममा यसबारे जानकारी दिएको छ । कम्पनीले ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानहरूका लागि खोलिएको लेखेको छ ।
सेवाहरू सामान्य हुन केही समय लाग्न सक्ने कम्पनीले विज्ञप्तिमा बताएको छ । यस्तो अवस्थामा एयरलाइन्सले यात्रुहरूलाई केही अतिरिक्त समयसहित एयरपोर्ट पुग्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका आर्थिक नीति र राजस्व अनुसन्धान विभाग खारेजी विरुद्ध सर्वोच्चमा रिट
-
राष्ट्रिय सेवा दल विधेयकमा व्यापक हेरफेरका लागि संशोधन प्रस्ताव
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण