३५ दिनमा 'जनै हराएको बाहुन'को इन्डक्ल्याप

काठमाडौँ । फिल्म 'जनै हराएको बाहुनः सम्बन्धका धागाहरू'को छायाङ्कन सकिएको छ । निर्माणपक्षले सोमबार साँझ ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा फिल्मको इन्डक्ल्याप गरेको हो । कार्यक्रममा फिल्म ३५ दिनमा छायाङ्कन सम्पन्न भएको जानकारी दिइयो । फिल्मका निर्देशक हिमाल न्यौपाने हुन् । न्यौपानेको यो निर्देशनमा डेव्यु फिल्म हो ।
फिल्मको छायाङ्कन काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा भएको निर्माणपक्षले जानकारी जनाएको छ । ञअपेक्षा गरेअनुसार नै फिल्म राम्रोसँग छायाङ्कन भयोझ, निर्देशक हिमाल न्यौपानेले भने, 'अब पोस्ट प्रोडक्सनमा पनि हामी मेहनत गरेर दर्शकलाई राम्रो सिनेमा दिनेछौँ ।'
‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । फिल्म आमा र छोराबिचको भावनात्मक कथा भन्नेछ ।
बलियो लाइनअप देखिएको फिल्ममा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी र मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली लगायतको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ ।
इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले भने, 'केकीसँग पनि काम गरियो, मिरुनासँग पनि काम गरियो । अझै धेरै ‘भयङ्कर मान्छे’सँग काम गर्ने मौका मिल्यो । म सामान्य मान्छे, त्यसैले त्यही पात्र परेँ । यो सिनेमामा बुबा–छोराको मात्र होइन, धेरै सम्बन्धको कथा छ । यसले दर्शकको मन छोला भन्ने विश्वास छ ।'
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् । कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेको फिल्ममा प्रशान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत छ । नवीन गुरुङ डीओपी रहेको फिल्म तिजको अवसर पारेर भदौमा प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण युनिटको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समलिङ्गी जोडीको पुनर्मिलन, विवाह दर्ता
-
मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबिच भगिनी सम्बन्ध कायम
-
डाक्नेश्वरी नगरपालिकामा स्ट्रीट लाइट खरिदमा अनियमितता
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
प्रधानमन्त्री आफैँ ऐन महर बचाउन लाग्नु भएको छ : रश्मिला धामी
-
नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा रक्तदान