बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जगदुल्ला ठेक्का विवादमा उच्चले मगायो खरिद प्रक्रियाको सक्कल फाइल

बुधबार, ३१ वैशाख २०८२, ०७ : २१
बुधबार, ३१ वैशाख २०८२

सारांश

  • उच्च अदालत पाटनले जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाको सक्कल फाइल झिकाउन आदेश दिएको छ।
  • सिउ इन्फास्ट्रक्चर र हाइ हिमालयले सार्वजनिक खरिद ऐनको उल्लंघन भएको भन्दै रिट दायर गरेका थिए।
  • अदालतले निवेदक र विपक्षी दुवैलाई छलफलका लागि बोलाएको छ, अर्को पेसी जेठ २ गते तोकिएको छ।

काठमाडौँ । जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाविरुद्धको रिटमा उच्च अदालत पाटनले खरिद प्रक्रियाको सक्कल फाइल मगाउने आदेश गरेको छ । मंगलबार न्यायाधीशद्वय खडानन्द तिवारी र प्रकाश खरेलको संयुक्त इजलासले खरिद प्रक्रिया मूल्याङ्कन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल झिकाउन आदेश गरेको हो ।

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ डोल्पामा निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐनविपरीत टेन्डर प्रक्रिया अघि बढाइएको भन्दै सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले वैशाख २२ गते रिट दायर गरेका थिए । 

उक्त रिटमाथि सुनुवाइ गर्दै वैशाख २३ गते उच्चका न्यायाधीश टंकप्रसाद गुरुङको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको थियो। 

यस्तै उच्चले अन्तरिम आदेशका लागि निवेदक कम्पनीको आन्तरिक लेखा परीक्षणको क्रममा भएको परीक्षण तथा मूल्याङ्कनको कार्य सम्बन्धमा विपक्षी समितिले जानकारी नदिएको र सो कार्य सम्बन्धमा निवेदक कम्पनीको स्पष्टता तथा समुचित जानकारी आवश्यक रहेकाले दुवै पक्षलाई छलफलमा बोलाएको थियो । 

उक्त विवादमा जेठ २ गते अर्को पेसी तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप