वर्डफ्लुका कारण बाघिनीको मृत्युपछि यूपीमा ७ दिनका लागि चिडियाखाना बन्द
नयाँ दिल्ली । यतिबेला भारतको उत्तर प्रदेश राज्यमा वर्डफ्लु आतङ्क छ । वर्ड फ्लुकै कारण गोरखपुर चिडियाखानामा एउटा बाघिनीको मृत्यु भएपछि राज्यले सबै जुलोजिकल पार्क र लायन सफारीहरू ७ दिनका लागि बन्द गरेको छ । लखनउ, कानपुर, गोरखपुर र इटावा सिंह सफारीले चिडियाखाना बन्द गरिएको पूष्टि गरेका छन् । चिडियाघरमा रहेको २ वर्षको बाघिनीको मृत्यु भएको थियो । भिसेरा परीक्षणपछि मृत्युको कारण वर्ड फ्लु भएको पत्ता लागेपछि अप्रिल १४ देखि अप्रिल २० सम्मका लागि चिडियाघरहरू बन्द गरिएका हुन् ।
मृतक बधिनीलाई एक वर्ष अघि लखिमपुर खेरीको माइलानीबाट उद्धार गरेर गोरखपुर चिडियाखानामा ल्याइएको थियो । सरकारले सबै वन्यजन्तु आरक्षहरूमा सतर्कता अपनाउन निर्देशन जारी गरेको छ । मार्च ३० पछि गोरखपुरमा भएको यो चौथो घटना हो । यसअघि बहराइचबाट उद्धार गरिएको बाघ, पोथी चितुवा र ब्वाँसोको मृत्यु भएको थियो । चिडियाखानामा काम गर्ने कर्मचारीहरूबाट पनि नमुना लिइएको छ । यसपछि, उत्तर प्रदेश सरकारको निर्देशनमा, सबै चिडियाखानाहरू एक हप्ताको लागि बन्द गरिएको हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मंगलबार यस विषयमा बैठक गरेका थिए । यस बैठकमा मुख्यमन्त्रीले चिडियाखाना परिसरलाई नियमित रूपमा सरसफाइ गर्न, सबै वन्यजन्तु र चराचुरुङ्गीको जाँच गर्न र उनीहरूको आहारको राम्रोसँग जाँच गर्न निर्देशन दिए । सरकारले राज्यका सबै कुखुरा फार्महरूको मापदण्ड अनुसार कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण