ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको अर्को ४५ करोड डलरको अनुदान रकम
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिँदै आएको ४५ करोड डलरको थप अनुदान रकम कटौती गर्ने निर्णय गरेको छ । एक सङ्घीय यहूदी विरोधी कार्यदलले मंगलबार हार्वर्डलाई पत्र लेख्दै आठ सङ्घीय एजेन्सीहरूबाट अनुदान रद्द गर्न लागिएको जानकारी दिएको हो ।
यस अघि नै ट्रम्प प्रशासनले विश्वविद्यालयले पाउँदै आएको २ अर्ब २० करोड डलरको कोष पनि रोकिसकेको छ । ‘हार्वर्ड भेदभाव र प्रदर्शनको अखडा बनेको छ । यसले आफ्नो शैक्षिक उत्कृष्टताको विरासत पुनः प्राप्त गर्न कडा संघर्ष गर्नुपर्नेछ’ पत्रमा भनिएको थियो ।
पत्रमा शिक्षा मन्त्रालय, स्वास्थ्य तथा मानव सेवा मन्त्रालय र सामान्य सेवा प्रशासनका अधिकारीहरूले हस्ताक्षर गरेका थिए ।
तर अहिलेसम्म हार्वर्डका अधिकारीहरूले पत्रमा कुनै टिप्पणी गरेका छैनन् । विश्वविद्यालयमाथि यहूदी विरोधी भावना भड्काएको र प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन आयोजना गरेको आरोप छ ।
ट्रम्प प्रशासनले हार्वर्डलाई आफ्नो प्रशासनमा व्यापक परिवर्तन गर्न, भर्ना नीतिहरू परिमार्जन गर्न र संकाय अनि विद्यार्थीहरूको लेखा परीक्षण गर्न आह्वान गरेको थियो । प्रशासनले कोलम्बिया, पेन्सिलभेनिया र कर्नेल जस्ता अन्य प्रमुख विश्वविद्यालयहरूलाई पनि लक्षित गरिरहेका छन् । उनीहरूको कोष पनि कटौती गरिएको छ ।
ट्रम्प प्रशासनले हार्वर्ड विरुद्ध कडा कारबाही गरिरहेको छ । यो सरकारको मागको खुलेआम विरोध गर्ने पहिलो अमेरिकी विश्वविद्यालय भएको बताइएको छ । यसमा प्यालेस्टिनी समर्थक गतिविधिहरू घटाउने र विविधता, समानता र समावेशी अभ्यासहरू हटाउने समावेश छ ।
ट्रम्पले पहिले नै हार्वर्डलाई कर लगाउने धम्की दिइसकेका छन् । गृह सुरक्षा मन्त्रालयले विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने विश्वविद्यालयको योग्यता रद्द गर्ने धम्की दिएको छ । गत हप्ता, शिक्षा मन्त्रालयले सरकारको माग पूरा नगरेसम्म हार्वर्डले कुनै पनि नयाँ सङ्घीय कोष प्राप्त नगर्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण