किरियापुत्री भवन बनाउन महायज्ञ
सारांश
- भक्तपुरको गठ्ठाघरमा निर्माणाधीन पितृमुक्ति भवन पूरा गर्न जेठ ४ गतेदेखि श्रीमद् भागवत महायज्ञ हुने भएको छ।
- महायज्ञबाट २ करोडभन्दा बढी रकम संकलन गर्ने लक्ष्य लिएको छ, जसबाट भवन निर्माण र अन्य सामाजिक कार्यहरू गरिनेछ।
भक्तपुर । पितृमुक्तिको लागि १३ दिनसम्म किरियाकर्म गर्न अधुरो रहेको पृतिमुक्ति भवन निर्माण पुरा गर्न भक्तपुरको गठ्ठाघरमा जेठ चार गतेदेखि श्रीमद् भागवत महायज्ञ हुने भएको छ । महायज्ञ स्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अधुरो यो भवन पुरा गर्न महायज्ञ लगाउन लागेको सनातन पितृमुक्ति समाज गठ्ठाघरका अध्यक्ष खेम सुवेदीले बताए ।
महायज्ञबाट उठेको दानबाट भवन निर्माण, अक्षयकोष र पुस्तकालय बनाउने योजना रहेको बताए । जेठ ४ देखि १० गतेसम्म हुने महायज्ञको मञ्जरी राधिका दाशीले कथाबाचन गर्नेछिन् ।
‘किरियापुत्री भवन निर्माण जस्तो सामाजिक कार्य पुरा गर्न ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने’ भन्ने अभियानलाई सार्थता दिन महायज्ञ गर्न लागिएको बताए । महायज्ञ सफल पार्न १७ वटा उपसमिति बनाएएको छ ।
२०६९ सालको पुरानबाट उठेको रकमबाट यो भवन निर्माण सुरु भएको हो । ‘भवन निर्माण गर्न धेरै समाजसेवीहरुसँग सहयोग संलकन गर्यौ तर, पुरा गर्न नसकेकोले अधुरो भवन पुरा गर्ने उद्देश्यले पुनः महायज्ञ लगाउन लागेका हौँ,’ सुवेदीले भने ।
महायज्ञबाट दुई करोडभन्दा बढी संकलन गर्ने लक्ष्य लिइएको छ । दाताले दिएको सहयोगको आधारमा सम्मानको विशेष व्यवस्था मिलाएको छ । भवन निर्माण, शौचालय, ढिकोरो उठाउनसहित गरी एक करोड ६३ लाख रुपैयाँ खर्च भएको सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण