बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

अबको दिन हाम्रो दिन हुनेछ : अध्यक्ष प्रचण्ड

बिहीबार, ०१ जेठ २०८२, १६ : ५६
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • अध्यक्ष प्रचण्डले कैलालीको चुरे गाउँपालिकामा स्थानीयसँग भेटघाट गरेर ज्ञापनपत्र बुझेका छन् ।
  • स्थानीयले खानेपानी र सिँचाइको समस्या राखे, प्रचण्डले समाधानको प्रतिबद्धता जनाएका छन्।

बैतडी । नेकपा (माओवादी केन्द्र)ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दैछ। अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयवासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् ।

भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्वता जनाए । अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादी प्रतिको आकर्षण उल्लेखनीय रहेको बताए ।

उनले भने,  ‘तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिन माओवादी र जनताको दिन समग्रमा हाम्रो हुनेछ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप