अबको दिन हाम्रो दिन हुनेछ : अध्यक्ष प्रचण्ड
बिहीबार, ०१ जेठ २०८२, १६ : ५६
सारांश
- अध्यक्ष प्रचण्डले कैलालीको चुरे गाउँपालिकामा स्थानीयसँग भेटघाट गरेर ज्ञापनपत्र बुझेका छन् ।
- स्थानीयले खानेपानी र सिँचाइको समस्या राखे, प्रचण्डले समाधानको प्रतिबद्धता जनाएका छन्।
बैतडी । नेकपा (माओवादी केन्द्र)ले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दैछ। अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयवासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् ।
भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको र त्यसको समाधान गर्न सहयोग गर्ने अध्यक्ष प्रचण्डले प्रतिबद्वता जनाए । अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादी प्रतिको आकर्षण उल्लेखनीय रहेको बताए ।
उनले भने, ‘तराईको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिन माओवादी र जनताको दिन समग्रमा हाम्रो हुनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण