कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई जनाको कारको ठक्करबाट मृत्यु
सारांश
- कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा बुद्धभूमि नगरपालिकाकी शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको छ।
काठमाडौँ । कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएर उपचारको क्रममा मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ वसन्तपुर घर भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी छन् ।
पत्थरकोट–गोरुसिङ्गे सड्क खण्डमा बाटो क्रस गर्ने क्रममा उनीहरूलाई बिएबी–९५९९ नम्बरको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका इन्स्पेक्टर विराट शर्मा पौडेलले रातोपाटीलाई बताए ।
उनले भने, ‘सडक क्रस गर्दा एक जना क्रस भइसकेको र अर्को यात्रुले तानेको अवस्थामा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’
शुक्रबार बिहान पौने ६ बजेतिर यात्रुलाई ठक्कर दिने कार चालक रुपन्देहीको सैनामैना घर भएका ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँग पराजित भएपछि मेस्सीको प्रतिक्रिया, ‘उनीहरू हामीभन्दा उत्कृष्ट थिए’
-
अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण