शुक्रबार, ०२ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई जनाको कारको ठक्करबाट मृत्यु

शुक्रबार, ०२ जेठ २०८२, १० : ४८
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा बुद्धभूमि नगरपालिकाकी शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको छ।

काठमाडौँ । कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएर उपचारको क्रममा मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१ वसन्तपुर घर भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी छन् ।

पत्थरकोट–गोरुसिङ्गे सड्क खण्डमा बाटो क्रस गर्ने क्रममा उनीहरूलाई बिएबी–९५९९ नम्बरको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका इन्स्पेक्टर विराट शर्मा पौडेलले रातोपाटीलाई बताए । 

उनले भने, ‘सडक क्रस गर्दा एक जना क्रस भइसकेको र अर्को यात्रुले तानेको अवस्थामा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।’

शुक्रबार बिहान पौने ६ बजेतिर यात्रुलाई ठक्कर दिने कार चालक रुपन्देहीको सैनामैना घर भएका ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप