रुस–युक्रेन वार्ताबाट खासै आश छैन : अमेरिकी विदेशमन्त्री
सारांश
- अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले टर्कीमा युक्रेन र रुसबीचको शान्ति वार्ता सफल हुनेमा आशा कम रहेको बताए।
- उनले वार्ता सफल बनाउन ट्रम्प र पुटिनले प्रत्यक्ष कुराकानी गर्नुपर्ने धारणा राखे।
इस्तानबुल । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले टर्कीमा युक्रेन र रुसबिचको शान्ति वार्ताबाट आफूलाई धेरै आशा नभएको बताएका छन् । वार्ता सफल बनाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मिलेर कुरा गर्नुपर्ने पनि समेत उनले बताए ।
टर्कीमा विदेशमन्त्री मार्काे रुबियोले नेटो बैठकको छेउमा युरोपेली विदेश मन्त्रीहरूसँग भेट गरेका थिए । बैठकपछि उनले भने– ‘राष्ट्रपति ट्रम्प र पुटिनले यस विषयमा प्रत्यक्ष छलफल नगरेसम्म, मलाई लाग्दैन कि हामी यसमा कुनै सफलता हासिल गर्न सक्षम हुनेछौ ।’
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टर्कीमा पुटिनको सामना गर्न तयार रहेको बताएका थिए । तर युक्रेनबाट जेलेन्स्की आउने बताइसक्दा पनि रुसबाट भने पुटिन आएनन् ।
उनले तल्लो स्तरको प्रतिनिधिमण्डल पठाए । यसको जेलेन्स्कीले आलोचना गरेका छन् । यसअघि जेलेन्स्कीले यदि पुटिन वार्तामा उपस्थित भएमा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने बताएका थिए । युक्रेनसँग प्रत्यक्ष शान्ति वार्ताको प्रस्ताव पुटिनले नै गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण