राष्ट्रिय सहमतिको सरकार आवश्यक देखियो : गौतम
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले राष्ट्रिय सहमतिको सरकार निर्माणको आवश्यकता बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका हुन् ।
निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सकेमात्रै अहिले देखिएका यावत समस्या समाधान गर्न सकिने गौतमले बताए । ‘सरकार सरकारजस्तो भएर चलेको छैन । संसद् संसद्जस्तो भाइब्रेन्ट छैन । न्यायपालिकाबाट जनताले निष्पक्ष न्याय पाउन नसकिएको गुनासो गरिरहेका छन्,’ सांसद गौतमले भने, ‘तसर्थ अहिलेका समस्यालाई समाधान गर्न र मुलुकलाई अग्र गतिमा लैजान राष्ट्रिय सहमतिको आवश्यकता छ ।
संघ र प्रदेशमा गरेर ८ सरकार र ८ संसद् भए पनि ती सँग जनता आशावादी नभएकाले उनीहरूलाई आशावादी बनाउने कार्यक्रम ल्याउने सहमतिको आवश्यकता रहेको गौतमको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण