‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
सारांश
- नेपाल प्रहरीका आईजीपी दिपक थापाले 'म्यान अफ द वर्ल्ड २०२५' मा नेपालको प्रतिनिधित्व गर्ने आयुष दुलाललाई बिदाई गरे।
- दुलालले फिलिपिन्समा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।
- मिस्टर नेपाल २०२४ विजेता दुलाल सामाजिक अभियन्ता र आईटी स्नातक हुन्, जो मानसिक स्वास्थ्य र खेलकुद प्रवर्द्धनमा सक्रिय छन्।
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले ‘म्यान अफ द वर्ल्ड २०२५’ सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका आयुष दुलाललाई शुभकामना दिएका छन्।
फिलिपिन्समा मे २३ देखि ३१ तारिखसम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेका दुलाललाई आईतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा बिदाई गरिएको छ । कार्यक्रममा आईजीपी थापाले दुलाललाई दोसल्ला ओढाई सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरे। उनले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित पार्ने विश्वास व्यक्त गरे।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ निवासी आयुष दुलालले मिस्टर नेपाल २०२४ मा सहभागिता जनाई ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ को उपाधि तथा ‘बेस्ट पर्सनालिटी’ को अवार्ड जितेका थिए।
युवा मोडल, सामाजिक अभियन्ता तथा आईटी स्नातक दुलाल मानसिक स्वास्थ्यप्रति जागरूकता फैलाउने र खेलकुद प्रवर्द्धन गर्ने अभियानमा संलग्न छन्। उनी मानसिक स्वास्थ्यका प्राथमिक सहयोगीसमेत हुन्। साथै, काभ्रेका उनले आयुषले अष्ट्रेलियाबाट व्यवसायिक खेल समेत खेलिसकेका छन् ।
दुलालले ‘म्यान अफ द वर्ल्ड’ प्रतियोगिता केवल सौन्दर्य र लुक्सको प्रदर्शन नभई शिक्षा, सामाजिक उत्तरदायित्व र सकारात्मक पुरुष छवि निर्माणको अभियान भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण