लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने

समाचार सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुने भएको छ।
- यसअघि, यो रिट पटक-पटक हेर्न नमिल्ने इजलासमा परेको थियो, जसका कारण सुनुवाइ हुन सकेको थिएन।
- रिटमा लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाएका छन्।
काठमाडौँ । पटक-पटक पेसी तोकिँदै हेर्न नमिल्ने हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको छ ।
आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा उक्त पेसी परेपछि पाँचौँपटक हेर्न नमिल्ने भएको थियो । पटक-पटक हेर्न नमिल्ने भएपछि सोही इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।
लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसँग उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिट लगाउमा रहेका छन् ।
वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।
यही किसिमको आदेश सर्वोच्चले यसअघि पनि गरेको थियो । गैरआवासीय नेपाली संघ (एनआरएन) विवादमा अध्यक्ष बद्री केसीले शेष घले नेतृत्वको उच्चस्तरीय समितिविरुद्ध दायर गरेको रिट निरन्तर हेर्न नमिल्नेमा गएपछि गत वैशाख १९ मा न्यायाधीशद्वय नृपध्वज निरौला र अब्दुल अजिज मुसलमानको इजलासले अन्य आदेश गर्दै हेर्न मिल्ने इजलासमा पर्ने गरी पेसी तोक्न आदेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने
-
विद्यालय शिक्षा विधेयकमा उपसमितिको प्रतिवेदनप्रति शिक्षकहरू रुष्ट
-
मनिषाको घातक बलिङ, नेपालसामु १ सय १५ रनको लक्ष्य
-
बिन्दास हैदराबादसँग भिड्दै जित्नैपर्ने दबाबमा रहेको लखनउ
-
विस्थापित सिरियालीहरू अनिश्चितताको बीचमा घर फर्किए
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि