सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सोमबार, ०५ जेठ २०८२, ११ : ०६
सारांश
- सोमबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ, प्रति तोला ६०० रुपैयाँले बढेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य भने स्थिर रहेको छ, आइतबारकै मूल्यमा कारोबार भइरहेको छ।
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण