सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०५ जेठ २०८२, ११ : ०६
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • सोमबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ, प्रति तोला ६०० रुपैयाँले बढेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य भने स्थिर रहेको छ, आइतबारकै मूल्यमा कारोबार भइरहेको छ।

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको हो । 

जसअनुसार सोमबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो । 

चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप