विद्यार्थी हत्या प्रयासको आरोपमा पक्राउ परिन् बङ्गाली अभिनेत्री नुसरत फारिया
सारांश
- बंगलादेशी अभिनेत्री नुसरत फारियालाई ढाका विमानस्थलबाट पक्राउ गरिएको छ।
- नुरसत फारियामाथि बंगलादेशमा सरकार विरोधी प्रदर्शनका क्रममा एक व्यक्तिको हत्या प्रयास गरेको आरोप लागेको छ।
ढाका । शेख मुजिबुर रहमानको बायोपिक ‘मुजिबः द मेकिङ अफ अ नेशन’ मा शेख हसिनाको भूमिका निर्वाह गरेकी बङ्गलादेशी अभिनेत्री नुसरत फारियालाई आइतबार साँझ विमानस्थलबाट पक्राउ गरिएको छ ।
हत्या प्रयासको मुद्दामा अभिनेत्रीको नाम मुछिएपछि उनी पक्राउ परेकी हुन् । ढाका ट्रिब्यूनलको रिपोर्ट अनुसार, नुसरतलाई ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
यहाँबाट उनलाई पानी प्रहरी चौकीमा लगियो, त्यसपछि उनलाई ढाका महानगरीय प्रहरीको जासुस शाखालाई बुझाइएको बताइएको छ । नुसरत फारिया ढाकाबाट थाइल्यान्ड जान लागेकी थिइन् ।
उनलाई विमानस्थलको अध्यागमन चेक प्वइन्टमा रोकियो र त्यसपछि प्रहरीलाई खबर गरियो । अभिनेत्रीविरुद्ध लामो समयदेखि पक्राउ वारेन्ट जारी थियो ।
बङ्गलादेशमा सरकार विरुद्धको प्रदर्शनका क्रममा एक जना पुरुषको हत्याको प्रयास गरेको आरोपमा अभिनेत्रीलाई पक्राउ गरिएको हो । गत वर्ष बङ्गलादेशमा विरोध प्रदर्शनको क्रममा, वातारा क्षेत्रमा एक विद्यार्थीको हत्याको प्रयास भएको थियो ।
यस घटनामा २०२४ मा नुसरत फारियासहित १७ जनाविरुद्ध उजुरी दर्ता भएको थियो । यो घटना बङ्गलादेशमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध ठुलो विरोध प्रदर्शन भएको समयको हो ।
सरकारी जागिरमा आरक्षण विरुद्धको यो आन्दोलन चर्किएर आफ्नो ज्यान जोगाउन हसिना राजीनामा दिएर भारतको शरणमा पुगेकी थिइन् । नुसरत फारियाको फिल्मी करियरको कुरा गर्ने हो भने उनी २०२३ मा रिलिज भएको बङ्गलादेशका पहिलो राष्ट्रपति मुजीबुर रहमानको बायोपिकमा देखिएकी थिइन् ।
उनले फिल्ममा मजीबूरकी छोरी शेख हसिनाको भूमिका निभाएकी थिइन् । श्याम बेनेगलद्वारा निर्देशित यो फिल्म भारत–बङ्गलादेशको को–प्रडक्शनमा बनेको थियो ।
नुसरत फारिया आशिकी हिरो ४२० र अपरेसन सुन्दरवन जस्ता कयौँ बङ्गलादेशी फिल्महरूमा देखापरिसकेकी छिन् । आगामी वर्षहरूमा उनका ६ वटा चलचित्र रिलिज हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण