ट्राफिक प्रहरी प्रमुख विरूद्धको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश
सारांश
- काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख विरुद्धको अवहेलना मुद्दामा उच्च अदालत पाटनले लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
- कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको कार्य प्रणाली विरुद्ध मुद्दा दायर गरेका थिए।
- अदालतले सात दिनभित्र लिखित जवाफसहित कारण स्पष्ट पार्न र निवेदकका कागजात पेश गर्न भनेको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख वरिष्ठ उपरीक्षक विनोद घिमिरे विरूद्ध दायर गरिएको अवहेलना मुद्दामा उच्च अदालत पाटनले लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
निवेदक कानुनको विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको कार्य प्रणाली विरुद्ध अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए । सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्धय खडानन्द तिवारी र दुर्गा प्रसाद ढुङ्गेलको इजलासले निवेदकको मागबमोजिक आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार,कारण र प्रमाण भए ७ दिनभित्र घिमिरेलाई लिखित जवाफ पेस गर्ने आदेश जारी गरेको हो ।
अदालतले प्रतिवादीलाई लिखित जवाफसहित सात दिनभित्र कारण स्पष्ट पार्न भनेको छ । साथै निवेदकले पेश गरेका कागजातसहित निवेदनको प्रतिलिपि सरकारी वकिलको कार्यालय, पाटनमार्फत प्रतिवादी पक्षलाई बुझाइ अदालतमा पेश गर्न आदेशमा भनिएको छ ।
निवेदक चौधरीले ट्राफिक प्रहरीको कार्यमा मनपरी भएको दाबी गर्दै संवैधानिक तथा कानुनी अधिकारको उल्लङ्घन भएको र सर्वसाधारणकै हकहितमा असर पर्ने कार्य गरिएको भन्दै अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण