मङ्गलबार, ०६ जेठ २०८२
ताजा लोकप्रिय

ट्राफिक प्रहरी प्रमुख विरूद्धको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न आदेश

सोमबार, ०५ जेठ २०८२, २१ : २७
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख विरुद्धको अवहेलना मुद्दामा उच्च अदालत पाटनले लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
  • कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको कार्य प्रणाली विरुद्ध मुद्दा दायर गरेका थिए।
  • अदालतले सात दिनभित्र लिखित जवाफसहित कारण स्पष्ट पार्न र निवेदकका कागजात पेश गर्न भनेको छ।

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख वरिष्ठ उपरीक्षक विनोद घिमिरे विरूद्ध दायर गरिएको अवहेलना मुद्दामा उच्च अदालत पाटनले लिखित जवाफ पेश गर्न आदेश दिएको छ । 

निवेदक कानुनको विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको कार्य प्रणाली विरुद्ध अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए । सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्धय खडानन्द तिवारी र दुर्गा प्रसाद ढुङ्गेलको इजलासले निवेदकको मागबमोजिक आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार,कारण र प्रमाण भए ७ दिनभित्र घिमिरेलाई लिखित जवाफ पेस गर्ने आदेश जारी गरेको हो ।

अदालतले प्रतिवादीलाई  लिखित जवाफसहित सात दिनभित्र कारण स्पष्ट पार्न भनेको छ । साथै निवेदकले पेश गरेका कागजातसहित निवेदनको प्रतिलिपि सरकारी वकिलको कार्यालय, पाटनमार्फत प्रतिवादी पक्षलाई बुझाइ अदालतमा पेश गर्न आदेशमा भनिएको छ । 

निवेदक चौधरीले ट्राफिक प्रहरीको कार्यमा मनपरी भएको दाबी गर्दै संवैधानिक तथा कानुनी अधिकारको उल्लङ्घन भएको र सर्वसाधारणकै हकहितमा असर पर्ने कार्य गरिएको भन्दै अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप