उपाधि होडबाट बाहिरिइसकेका चेन्नई र राजस्थान आत्मसम्मानका लागि आपसमा भिड्दै
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ। खेल दिल्लीको अरुण जेटली क्रिकेट स्टेडियममा राति १९ः४५ बजे सुरु हुनेछ।
- जारी सिजनमा दुवै टोली उपाधि होडबाट बाहिरिएका छन्। चेन्नई तालिकाको अन्तिम स्थानमा छ भने राजस्थान नवौँ स्थानमा छ।
- चेन्नईले ५ पटक आईपीएल उपाधि जितेको छ भने राजस्थानले सन् २००८ मा एक पटक उपाधि जितेको थियो। यसअघि भएको खेलमा राजस्थानले चेन्नईलाई ६ रनले पराजित गरेको थियो।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा मंगलबार चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सको सामना गर्दै छ । खेल दिल्लीस्थित अरुण जेटली क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ६२औँ खेल हो । राजस्थानले आफ्नो अन्तिम (१४औँ) र चेन्नईले आफ्नो १३औँ खेल खेल्न लागेका हुन् । यो सिजन अत्यन्तै निराशाजनक प्रदर्शन गरेका यी दुवै टोली यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
हालसम्म १२ खेल खेलेको चेन्नई तालिकाको अन्तिम (१०औँ) स्थानमा आसीन छ । चेन्नईले केवल तीन जित र नौ हारको नतिजा निकालेको छ । १३ खेल सकेको राजस्थान भने तालिकाको नवौँ स्थानमा छ । राजस्थानले तीन जित र १० हारको नतिजा निकालेको छ ।
जारी सिजनको आईपीएलमा यी दुवै टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि गुवाहाटी स्टेडियममा खेलिएको सिजनको पहिलो भिडन्तमा राजस्थानले चेन्नईलाई ६ रनले पराजित गरेको थियो ।
आईपीएलको इतिहासमा चेन्नई सबैभन्दा बढी उपाधि जित्ने टोलीमध्ये एक हो । चेन्नईले पाँच पटक उपाधि जितेको छ । चेन्नईले सन् २०१० मा पहिलो उपाधि जितेको थियो । त्यतिबेला चेन्नईले फाइनलमा मुम्बई इन्डियन्सलाई २२ रनले हराएको थियो ।
दोस्रो पटक चेन्नईले सन् २०११ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ५८ रनले हराउँदै उपाधि चुमेको थियो । सन् २०१८ को फाइनलमा चेन्नईले सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै उपाधि हात पारेको थियो ।
सन् २०२१ को फाइनलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई २७ रनले हराएको थियो । सन् २०२३ को फाइनलमा चेन्नईले गुजरात टाइटन्सलाई पाँच विकेट हराएको थियो ।
राजस्थान रोयल्सले भने हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । राजस्थानले सन् २००८ मा आयोजित पहिलो संस्करणकै उपाधि जितेको थियो । त्यतिबेला राजस्थान रोयल्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई नै तीन विकेटले हराएको थियो ।
त्यसयता, राजस्थान रोयल्स एकपटकमात्र आईपीएलको फाइनलमा पुग्न सकेको छ । राजस्थान रोयल्स सन् २०२२ को फाइनलमा पुगेको थियो । उक्त संस्करणको फाइनलमा राजस्थानको टोली गुजरात टाइटन्ससँग सात विकेटले पराजित भएको थियो ।
चेन्नई र राजस्थानबिच हालसम्म कुल ३० खेल खेलिएको छ । त्यसमा चेन्नई बलियो देखिन्छ । चेन्नईले १६ खेलमा राजस्थानलाई हराएको छ । १४ खेलमा भने राजस्थानले चेन्नईलाई पराजयको स्वाद चखाएको छ ।

सन् २०२२ देखि हालसम्म यी दुई टोलीबिच कुल पाँच खेल खेलिएको छ । त्यसमा भने राजस्थान बलियो देखिन्छ । पाँचमध्ये चार खेलमा राजस्थानले चेन्नईलाई हराएको छ । एक खेलमा मात्र चेन्नईले राजस्थानलाई पराजित गरेको छ ।
राजस्थान र चेन्नईबिच मंगलबारको खेल हुने अरुण जेटली स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको ९५ खेल खेलिएको छ । त्यसमध्ये पहिले ब्याटिङ गर्ने टोलीले ४५ र जवाफी ब्याटिङ गर्ने टोलीले ४७ खेल जितेका छन् ।

तीन खेल भने अनिर्णीत रुपमा सकिएको छ । यो स्टेडियममा बन्ने औसतस्कोर एक सय ७४ रन हो । यो स्टेडियममा बनेको उच्च स्कोर भने दुई सय ६६ रन हो । जवाफी ब्याटिङ गर्ने टोली पूरा गरेको सबैभन्दा ठुलो लक्ष्य भने दुई सय १९ रन हो ।
यी दुई टोलीबिच खेल हुने दिन मंगलबार दिल्लीमा वर्षाको सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार दिल्लीको तापक्रम ३९ देखि ४५ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
चेन्नईको सम्भावित टोलीमा महेन्द्रसिंह धोनी (कप्तान), शेख रशिद, आयुष म्हात्रे, उर्विल पटेल, रवीन्द्र जडेजा, डेवाल्ड ब्रेविस, रविचन्द्रन आश्विन, अंशुल कम्बोज, नुर अहमद, खलिल अहमद, मथिशा पाथिराना र शिवम दुबे रहेका छन् ।
यसैगरी, राजस्थानको सम्भावित टोलीमा सन्जु सामसन (कप्तान), यशस्वी जैसवाल, वैभव सूर्यवंशी, रियान पराग, शिमरन हेटमायर, ध्रुव जुरेल, वानिन्दु हसरंगा, क्वेना मफाका, तुषार देशपाण्डे, आकाश मधवाल, फजलहक फारुकी र युद्धवीरसिंह चरक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026