०८४ को निर्वाचनसम्मै कांग्रेस–एमालेको सरकार: योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन निरन्तर रहने दाबी गरेका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उदेश्य अझै पूरा नभएकाले ०८४ को निर्वाचनसम्मै वर्तमान गठबन्धन कायम रहने दाबी गरेका हुन् ।
कांग्रेस–एमाले ठुलो पार्टी भएकाले गठबन्धनमा कहिलेकाहीँ अनुकूलता र प्रतिकुलता हुने गरेको भन्दै उनले दुई दलले समान हिस्सेदारी खोज्नु स्वाभाविक भएको बताए ।
भट्टराईले वर्तमान सरकार गलत ट्र्याकमा नरहे पनि गति बढाउन भने नसकेको जिकिर गरे । सरकारको आलोचना हुनु स्वाभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नबिग्रियोस् भन्नेमा सचेत हुनुपर्ने बताए ।
उनले विभिन्न निकायका प्रमुख नियुक्त गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । त्यस्तै भट्टराईले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै एजेन्डामा राष्ट्रिय सहमति कायम हुनुपर्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण