पाकिस्तानी टोलीमा परेनन् बाबर आजम, मोहम्मद रिजवान र शाहिन शाह
सारांश
- पाकिस्तान क्रिकेट बोर्डले बंगलादेशविरुद्धको टी-२० शृङ्खलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ, जसमा बाबर आजम, मोहम्मद रिजवान र शाहिन शाह अफ्रिदीलाई समावेश गरिएको छैन।
- शृङ्खला मे २७ देखि सुरु हुने, फ्रेन्चाइज प्रतियोगिता पीएसएलको प्रभावका कारण मिति परिवर्तन भएको हो।
- सलमान अली आगाको कप्तानीमा रहेको टोलीले माइक हेसनको प्रशिक्षणमा पहिलो अन्तर्राष्ट्रिय शृङ्खला खेल्नेछ, जसमा शादाब खान उपकप्तान छन्।
काठमाडौँ । बंगलादेशविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा गरिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)द्वारा बुधबार घोषित टोलीमा थुप्रै चर्चित अनुहारलाई स्थान दिइएको छैन ।
पूर्वकप्तान बाबर आजम, मोहम्मद रिजवान र शाहिन शाह अफरिदीले पनि बंगलबाशविरुद्धको शृङ्खलाका लागि टोलीमा स्थान पाएका छैनन् । पाकिस्तानी टोलीले घरेलु मैदानमा बङ्गलादेशसँग तीन टी–२० खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।
शृङ्खला मे २७ तारिखदेखि सुरु हुनेछ । यसअघि शृङ्खला मे २५ तारिखदेखि सुरु हुने तय भएको थियो । तर, फ्रेन्चाइज प्रतियोगिता पाकिस्तान सुपर लिग (पीएसएल) प्रभावित भएपछि त्यसको असर यो शृङ्खलामा परेको हो ।
माइक हेसनको प्रशिक्षकत्वमा पाकिस्तानी टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको हो । केही समयअघि मात्र पीसीबीले हेसनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । शृङ्खलाका लागि पीसीबीले सलमान अली आगाको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीको उपकप्तानमा शादाब खान रहेका छन् । यसअघि न्युजिल्यान्ड भ्रमणका लागि पनि बाबर आजम, मोहम्मद रिजवान र शाहिन शाह अफरिदीलाई टोलीमा समावेश गरिएको थिएन । यद्दपि, त्यो शृङ्खलामा पनि पाकिस्तानी टोली पराजित भएको थियो ।
प्रमुख प्रशिक्षक हेसन भने बंगलादेशविरुद्धको शृङ्खलामा बाबर आजमलाई खेलाउन चाहन्थे । चयनकर्ता भने बाबर आजमलाई टोलीमा स्थान दिन इच्छुक देखिएनन् । पीसीबीले भने पीएसएलका कारण यी तीन खेलाडीलाई टोलीमा समावेश नगरिएको जनाएको छ ।
घोषित पाकिस्तानी टोलीमा सलमान अली आगा (कप्तान), अबरार अहमद, फाहिम अशरफ, फाखर जमा, शादाब खान (उपकप्तान), ह्यारिस रउफ, हसन अली, हसन नवाज, हुसैन तलत, मोहम्मद ह्यारिस, खुशदिल शाह, मोहम्मद वसिम जुनियर, मोहम्मद इरफान खान, साम अयुब, नसिम शाह र शाहिबजादा फरहान छन् ।
पाकिस्तान र बंगलादेशबिचको पहिलो टी–२० अन्तर्राष्ट्रिय मे २७ तारिखमा खेलिने छ । दोस्रो खेल मे २९ तारिखमा र तेस्रो तथा अन्तिम खेल मे ३१ तारिखमा खेलिनेछ । शृंखलाको तीनवटै खेल गद्दाफी स्टेडियममा खेलिने समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण