डिपोर्टेशन मामिलामा ट्रम्प प्रशासनलाई संघीय न्यायाधीशले दिए चेतावनी
बुधबार, ०७ जेठ २०८२, १२ : ३८
वासिङ्टन डीसी । आप्रवासी नागरिकहरूलाई दक्षिण सुडान पठाएको मामिलामा अमेरिकी संघीय अदालतका एक न्यायाधीशले ट्रम्प प्रशासनलाई अवहेलनाको चेतावनी दिएको छ ।
डिपोेर्टेशनले गत महिनाको उनको आदेशको उल्लङ्घन गरेको न्यायाधीश ब्रायन मर्फीले बताए । आफ्नो आदेशमा आप्रवासीहरूलाई सुनुवाइको उचित अवसर नै नदिई तेस्रो देशमा देश निकाला गर्नबाट अमेरिकी सरकारलाई उनले रोक लगाएका थिए ।
म्यानमार र भियतनामका नागरिकहरू सहित एक दर्जन मानिसहरू बोकेको विमान मंगलबार दक्षिण सुडानमा अवतरण गरेको भन्दै न्यायाधीश मर्फीलाई वकिलहरूले निवेदन दिएका थिए ।
दक्षिण सुडान विश्वको सबैभन्दा गरिब देशहरू मध्ये एक हो । हालैका वर्षहरूमा यो आन्तरिक द्वन्द्व र राजनीतिक अस्थिरताले ग्रस्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण