डिपोर्टेशन मामिलामा ट्रम्प प्रशासनलाई संघीय न्यायाधीशले दिए चेतावनी
बुधबार, ०७ जेठ २०८२, १२ : ३८

वासिङ्टन डीसी । आप्रवासी नागरिकहरूलाई दक्षिण सुडान पठाएको मामिलामा अमेरिकी संघीय अदालतका एक न्यायाधीशले ट्रम्प प्रशासनलाई अवहेलनाको चेतावनी दिएको छ ।
डिपोेर्टेशनले गत महिनाको उनको आदेशको उल्लङ्घन गरेको न्यायाधीश ब्रायन मर्फीले बताए । आफ्नो आदेशमा आप्रवासीहरूलाई सुनुवाइको उचित अवसर नै नदिई तेस्रो देशमा देश निकाला गर्नबाट अमेरिकी सरकारलाई उनले रोक लगाएका थिए ।
म्यानमार र भियतनामका नागरिकहरू सहित एक दर्जन मानिसहरू बोकेको विमान मंगलबार दक्षिण सुडानमा अवतरण गरेको भन्दै न्यायाधीश मर्फीलाई वकिलहरूले निवेदन दिएका थिए ।
दक्षिण सुडान विश्वको सबैभन्दा गरिब देशहरू मध्ये एक हो । हालैका वर्षहरूमा यो आन्तरिक द्वन्द्व र राजनीतिक अस्थिरताले ग्रस्त छ ।